बैशाख ०८, २०८१, शनिबार
               

शक्तिपृथकीकरणको सिद्धान्त खलबलिँदै: ओली

नेपाल फ्ल्यास
मंसिर ११, २०७८

ADVERTISEMENT

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०औँ महाधिवेशनले राजनीतिमा अहिले देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउने गरी नयाँ नेतृत्व आउने बताएका छन् । चितवनमा जारी बन्द सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यवाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रूपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए ।   

ओलीले प्रतिकृयावादीको षड्यन्त्रका कारण आफ्नो पार्टी प्रतिपक्षमा पुगेको जनाए । उनले यही कारण देशमा यतिवेला गम्भीर चुनौती खडा भएको बताए । 

राज्य संयन्त्रको अनुचित दुरुपयोग भइरहेको भन्दै उनले स्वतन्त्र न्यायालयको दुरुपयोग भएको बताए ।  शक्तिपृथकीकरणको सिद्धान्त खलबलिँदै गएको भन्दै यो क्रम अघि बढे लोकतन्त्रका लागि खतरा हुने बताए । 

एमाले यस्तो अवस्थामा गम्भीर भएर बन्द सत्रमा भेला भएको बताए । 


कस्तो लाग्यो ?

यो पनि