बैशाख १३, २०८१, बिहीबार
               

जनकपुरमा रघुवीर महासेठविरुद्ध किन भयो प्रदर्शन ?

नेपाल फ्ल्यास
मंसिर ०४, २०७८

ADVERTISEMENT

महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली गरेको भन्दै नेकपा एमाले धनुषाका असन्तुष्ट पक्षले पूर्वमन्त्री रघुवीर महासेठविरुद्ध जनकपुरमा विरोध प्रदर्शन गरेका छन् । 

पार्टीको महाधिवेशन प्रतिनिधि छनोटमा एकलौटी र धाँधली गरेको भन्दै एमालेका प्रदेश सांसद किशोरी साह (कमल) को नेतृत्वका असन्तुष्ट नेता तथा कार्यकर्ताले महासेठविरुद्ध नाराबाजीसहित शनिबार जनकपुरमा विरोध प्रदर्शन गरेका हुन् । स्थानीय जनकपुर रेल्वे स्टेसनबाट निकालिएको विरोध र्‍याली भानु चोक, शिव चोक हुँदै जनक चोकमा कोणसभामा परिणत भएको थियो । 

पार्टीका स्थायी समिति सदस्य महासेठले पार्टीमा वर्षौँदेखि लगानीका गरेकाहरूलाई बाइपास गरी आफ्ना आसेपासे तथा नातामा पर्नेलाई महाधिवेशन प्रतिनिधि बनाएको प्रदेश सभामा प्रमुख सचेतक समेत रहेका साहले बताए । 

महासेठले आफ्ना निकटलाई मात्रै प्रतिनिधि बनाई पार्टीमा वर्षौँदेखि लागेकाहरूलाई हतोत्साही गरेको र यसले पार्टीलाई क्षति पुग्ने बताउँदै सांसद साहले भने, ‘महासेठलाई अब धनुषामा एकलौटी गर्न दिँदैनौँ । महाधिवेशन प्रतिनिधिको नामावली संशोधन नभए आफूहरूले महासेठविरुद्ध कडा रूपमा आन्दोलनको कार्यक्रम बढाउँछौँ ।’

एमालेका प्रमुख सचेतक साह, माओवादी केन्द्रबाट एमाले रोजेका शिला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतकालाई बेवास्ता गर्दै महासेठले एकलौटी मनोमानी निर्णयपछि आफूहरू विरोधमा उत्रिएको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि