बैशाख ०८, २०८१, शनिबार
               

एमालेले महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस उतार्ने

नेपाल फ्ल्यास
मंसिर ०२, २०७८

ADVERTISEMENT

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको तयारी तीव्र बनाएको छ । १०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख  नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

महासचिव तथा जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

१० गते उद्घाटन भएपछि ११ गते सौराहामा बन्दसत्र आयोजना हुनेछ । एमालेले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ ।  एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेको हो । एमालेले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदै छ ।


कस्तो लाग्यो ?

यो पनि