बैशाख २२, २०८१, शनिबार
               

प्रचण्डको स्वास्थ्यमा समस्या, चिकित्सकको निगरानीमा घरमै आराम गर्दै

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा समस्या देखिएको छ ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकको निगरानीमा घरमा आराम गरिरहेका छन् ।

स्वास्थ्यमा समस्या आएपछि उनको आज महोत्तरी जाने कार्यक्रम रद्द भएको छ । आज रामगोपालपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा प्रचण्डको सहभागी हुने कार्यतालिका रहेको थियो।

प्रचण्ड नआउने भएपछि केन्द्रीय कार्यालय र प्रदेश इन्चार्जको निर्देशनअनुसार कार्यक्रम स्थगित गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजु खडका बताएका छन् ।

नेकपा माओवादीका महत्तरी जिल्ला संयोजक तुलसी ढुगांनाका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि महोत्तरी आउने कार्यक्रम स्थगित भएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि