बैशाख १६, २०८१, आइतबार
               

नेकपा एकीकृत समाजवादी प्रेस संगठनको अध्यक्षमा शम्भु श्रेष्ठ चयन हुँदै

नेपाल फ्ल्यास
कात्तिक २७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारको संगठन समाजवादी प्रेस संगठनको संस्थापक केन्द्रीय कमिटी घोषणा हुँदै छ ।

शनिबार काठमाडौंमा आयोना भइरहेको समाजवादी प्रेस संगठन नेपालको घोषणा सभामार्फत शम्भु श्रेष्ठलाई अध्यक्ष चयन गरिँदै छ । २१५ सदस्यीय केन्द्रीय कमिटीको महासचिवमा भूपराज खड्का चयन हुने छन् ।

कार्यक्रमका लागि एसका अध्यक्ष माधवकुमार नेपाल र प्रचार विभाग संयोजक जगन्नाथ खतिवडालगायत पुगेका छन् ।

तत्कालीन नेकपा (एमाले) विभाजन भएपछि एकीकृत समाजवादी गठन भएको थियो । पार्टी विभाजनसँगै एमाले निकट पत्रकारको संगठन प्रेस चौतारी नेपाल पनि टुक्रिएको थियो ।

प्रेस चौतारी टुक्रिएपछि समावादी प्रेस संगठनको तदर्थ समिति घोषणा भएको थियो । तदर्थ समितिका संयोजक श्रेष्ठ नै अध्यक्ष बनेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि