जेठ ०२, २०८१, बुधबार
               

सर्वोच्चसहित उपत्यकाका अदालतहरुमा नेपाल बारको धर्ना

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले आज बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिएको छ ।

जबराको राजीनामाको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गरेको बारले आज सर्वोच्च अदालतसहित काठमाडौं उपत्यकामा रहेका विशेष, उच्च र जिल्ला अदालसँगै न्यायाधिकरणमा पनि धर्ना दिँदैछ ।

बिहान १० बजेदेखि १२ बजेसम्म कालोपट्टी बाँधेर अदालत र न्यायाधिकरणमा धर्ना दिइने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

बारले यसअघि सर्वोच्च अदालत परिसरमा प्रदर्शन र धर्ना दिँदै आएको थियो । प्रधानन्यायाधीशको आचरणलाई लिएर सर्वाेच्चकै न्यायाधीश पनि राजीनामा माग गरिरहेका छन् ।

कानुन व्यवसायीले आज ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका निवेदनमा सुनुवाइ नगर्न माग गरेका छन् । बारले प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रहसहित पत्र पनि पठाउँदै छ ।


कस्तो लाग्यो ?

यो पनि