जेठ ०७, २०८१, सोमबार
               

एमालेको संगठित सदस्य संख्या आठ लाख नाघ्यो

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को संगठित सदस्य संख्या आठ लाख नाघेको छ ।

१०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छान्ने अन्तिम घडीमा आइपुग्दा एमालेको संगठित सदस्यको संख्या आठ लाख नाघेको हो । 

एमाले  संगठन विभागका सचिव ज्ञानबहादुर भुजेलले न्यूज कारखानालाई दिएको जानकारीअनुसार अहिलेसम्म ७७ मध्ये ९ जिल्लाको अन्तिम परीणाम विभागमा आउन बाँकी छ । उनका अनुसार ६८ जिल्लाको संगठित सदस्यको विवरण आइसकेको छ ।

एमाले केन्द्रीय प्रचार विभागका सदस्य एवं प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले सबै जिल्लाको तथ्यांक हेर्दा मोरङ सबैभन्दा बढी संगठित सदस्य भएको जिल्ला बनेको बताए । बस्नेतका अनुसार मोरङपछि झापा छ ।

मोरङमा ३३ हजार ९ सय र झापामा २७ हजार ४ सय बढी संगठित सदस्य रहेको बस्नेतले बताए ।  झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला हो ।

एमाले संगठन विभाग सचिव भुजेलका अनुसार प्रदेश कमिटीले अन्तिम रुप दिए पनि संगठन बिभागमा अहिलेसम्म प्रदेश २ का चार जिल्ला सिरहा, सर्लाही, धनुषा, र महोत्तरी, बागमति प्रदेशको काठमाडौं र सुदुरपश्चिम प्रदेशको चार जिल्ला बझाङ, बैतडी, दार्चुला र अछामको अन्तिम सूची आउन बाँकी छ । 

‘९ जिल्लाको अन्तिम विवरण आउन बाँकी छ, अन्य जिल्लाको संगठित सदस्यको बिवरण आइसकेको छ,’ विभाग सचिव भुजेलले भने, ‘७ लाख ५० हजारको अनुमान गरिएको थियो, उल्लेख्य संख्यामा सदस्यता नविकरण भएको देखियो, ९ जिल्लाको अन्तिम बिवरण आउँदा ८ लाख ५ हजार नाघ्ने देखिएको छ ।’ 

एमालेको महाधिवशन आगामी १० देखि १२ मंसिरसम्म चितवनमा हुँदैछ । एमालेले महाधिवेशनका लागि शुक्रबार देशैभर एकैपटक प्रतिनिधि छनोट गर्दैछ ।


कस्तो लाग्यो ?

यो पनि