जेठ ०७, २०८१, सोमबार
               

एमालेका संगठित सदस्य काठमाडौंमा सबैभन्दा बढी, मनाङमा १७९ मात्र

नेपाल फ्ल्यास
कात्तिक २४, २०७८

ADVERTISEMENT

नेकपा एमालेका तीन प्रदेशका संगठित सदस्यको संख्या सार्वजनिक हुँदा सबैभन्दा बढी काठमाडौंमा र सबैभन्दा कम संख्या मनाङमा देखिएको छ ।

बाग्मती, सुदूरपश्चिम र गण्डकी प्रदेशका संगठित सदस्यको नाम सार्वजनिक हुँदा देशकै राजधानी काठमाडौंमा सबैभन्दा बढी २० हजार १०० र हिमाली जिल्ला मनाङमा १७९ मात्र एमालेमा सहभागी भएको देखिएको हो । 

बाग्मती प्रदेशका १३ जिल्लामा सबैभन्दा बढी एक लाख ६४ हजार २३०, गण्डकीको ११ जिल्लामा ७८ हजार ९३५ तथा सुदूरपश्चिम प्रदेशमा ८२ हजार २४४ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको सो पार्टीले जनाएको छ । 

राजधानी काठमाडौंपछि दोस्रो स्थानमा कैलालीमा २२ हजार ६४३ तथा तेस्रो स्थानमा सिन्धुलीमा २० हजार २ ५७ रहेका छन भने सबैभन्दा कम दोस्रो स्थानमा मुस्ताङमा ५२५ र रसुवामा एक हजार ८३६ जनाले एमालेको संगठित सदस्यता प्राप्त गरेको एमालले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


कस्तो लाग्यो ?

यो पनि