जेठ ०७, २०८१, सोमबार
               

प्रदेशको नामकरण बहुपहिचानका आधारमा : मुख्यमन्त्री राई

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरण बहुपहिचानका आधारमा गरिने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार दिउँसो धनकुटामा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयमा पत्रकारसँग उनले आगामी हिउँदे अधिवेशन वा बर्खे अधिवेशनसम्ममा प्रदेशको नाम राख्ने बताएका हुन् ।

उनले यसभन्दा अघिका सरकारले प्रदेशको नाम राख्ने विषयमा छलफल नै नचलाएको बताउँदै प्रदेश १ ले नाम नपाएको बताए । आफ्नो पार्टी नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बहुपहिचानको पक्षमा रहेका तर एमाले बहुपहिचानको एजेन्डा चुनावमा बोकेर अहिले विरोधी भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री राईले धनकुटामा पहिलेको सरकारले शिक्षण अस्पताल बनाउँछु भनेर झारा टार्ने काम गरेको तर आफूहरूले अध्ययन गरेर काम गर्ने बताए । उनले आगामी ३० कात्तिकमा प्रदेश सरकारले विश्वासको मत लिने बताए ।

अहिलेको सरकार परिस्थिति र मुद्दाले बनेको बताउँदै मुख्यमन्त्री राईले लोकतन्त्र मास्ने तानाशाह जन्माउने कोसिस भएकाले लोकतन्त्र पक्षधर एक ठाउँमा आएको दाबी गरे । उनले प्रदेश सरकार जनता बलियो बनाउन र प्रतिगामी परास्त गर्न बनेको सुनाए ।

धनकुटा आएका मुख्यमन्त्री राईलाई गठबन्धनको तर्फबाट ध्यानाकर्षणपत्र बुझाइएको छ । मुख्यमन्त्री राईले धनकुटा अस्पतालको निरीक्षण पनि गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि