बैशाख १७, २०८१, सोमबार
               

गठबन्धन सरकारको आयु लामो छैन : योगेश भट्टराई

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

नेकपा एमालेको सचिव योगेशकुमार भट्टराईले गठबन्धन सरकारको आयु लामो नरहेको बताएका छन् । ताप्लेजुङको सदरमुका फुङ्लिङमा मंगलबार पत्रकार सम्मेलन गर्दै  उनले आवेगमा एमाले पार्टीको विरुद्धमा पाँच दलको गठबन्धन भएकाले गठबन्धन सरकारको आयु लामो नरहेको बताए ।

गठबन्धनमा आवद्ध दल नस्पाती र सुन्तला जस्तै कुनै गुण, र‌ंग, रस नमिल्ने भएकाले केही समयमै गठबन्धन सरकार विघटनतिर जाने उनकाे दाबी छ । 'अहिलेको गठबन्धन सरकार नस्पाती र सुन्तलाको कलमी जस्तै हो', उनले भने । 

गठबन्धन  दलहरूमा विघटनको संकेतहरू देखापर्न थालेकाले आगामी निर्वाचनसम्म पनि यसकाे आयु नरहेको नेता भट्टराईकाे भनाइ छ । 


कस्तो लाग्यो ?

यो पनि