बैशाख १६, २०८१, आइतबार
               

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

नेकपा एकीकृत समाजवादीले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ । 

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले  संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि