जेठ ०२, २०८१, बुधबार
               

आज सत्तारूढ गठबन्धनको बैठक बस्दै

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

सत्तारूढ ५ दलीय गठबन्धनको बैठक बस्दैछ । आज अपरान्ह ५ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो। सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।

लामो समयदेखि गठबन्धन बैठक बसेको थिएन। प्रधानमन्त्री देउवा बेलायत भ्रमणबाट फर्केपछि पहिलोपटक गठबन्धन बैठक बस्न लागेको हो।

गठबन्धन बैठकका लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतालाई बोलाइएको छ।


कस्तो लाग्यो ?

यो पनि