बैशाख २०, २०८१, बिहीबार
               

गठबन्धन आगामी चुनावसम्मै कायम रहन्छ : प्रधानमन्त्री

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवाले  सत्ता गठबन्धन आगामी चुनावसम्मै कायम रहने बताएका छन् । जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर आज बिहान स्वदेश फर्किएका देउवाले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

‘गठबन्धन पूरै समयसम्म रहन्छ । गठबन्धनबारे कुनै किसिमको शंका नगर्नु भए हुन्छ’, प्रधानमन्त्री देउवाले भने । यस्तै देउवाले प्रधानन्यायाधीश प्रकरणबारे भने बोल्न चाहेनन् । देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताए ।

संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको बताए ।


कस्तो लाग्यो ?

यो पनि