जेठ ०७, २०८१, सोमबार
               

एमाले महाधिवेशन उद्घाटनमा को–को आउँदै छन् अतिथि ?

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

नेपाल एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा देशभित्र र बाहिरका राजनीतिक दलका प्रतिनिधिलाई सहभागी गराइने भएको छ । 

आउँदो १०–१२ मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशनमा देशभित्र र बाहिरका राजनीतिक दलका नेतासहितलाई आमन्त्रण गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । 

महाधिवेशनका विषयमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिक शक्ति र नेपालमा रहेका कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण गरिने जानकारी दिएका हुन् । देशभित्रका ‘ठेगाना’ खुलेका राजनीतिक शक्तिलाई आमन्त्रण गरिने भट्टराईको भनाइ छ । 

उनकाअनुसार महाधिवेशनमा एमालेसँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरू, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरू, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरू तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरूलाई निमन्त्रणा गरिएको छ । 

निमन्त्रण पठाइएकाबाट सकारात्मक सन्देश प्राप्त भएको भट्टराईले बताए । साथै उनका अनुसार नेपालका प्रमुख राजनीतिक दलहरू र नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरूलाई पनि महाधिवेशनमा निमन्त्रणा गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि