जेठ ०८, २०८१, मंगलबार
               

प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री नियुक्त, सबैतिरको सरकारबाट बाहिरियो एमाले !

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त भएका छन् । अनेरास्ववियुको नेतृत्व हुँदै पार्टी राजनीतिमा लागेका उनी नेकपा एकीकृत समाजवादीका सचिवसमेत हुन् ।

अल्पमतमा परेपछि प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले हिजो राजीनामा गरेका थिए ।

पाँच दलीय गठबन्धनबाट नेकपा एसको प्रदेशसभा संसदीय दलका नेता राई मुख्यमन्त्री बनेका हुन् । उनले बहुमतसहितको दाबी प्रस्तुत गरेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

उनको नियुक्तिसँगै संघीय र सातौँ प्रदेशमा नेकपा एमाले विपक्षी दल बन्न पुगेको छ ।

राईको शपथ आजै अपरान्ह हुँदै छ । राईले आजै पहिलो चरणको मन्त्रिपरिषद् गठन गर्ने भएका छन् । कांग्रेसबाट, माओवादी केन्द्र, एकीकृत समाजवादीबाट र जनता समाजवादी पार्टीबाट एक-एक जनालाई आज मन्त्री बनाउने तयारी छ ।

यो पनि