नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आज पनि प्रदर्शन गरेको छ ।
आज पनि नेपाल बार एसोसिएसन अगाडि कानुन व्यवसायीहरू भेला भएर ब्यानरसहित प्रदर्शन गरेका हुन् । बारले हातमा कालोपट्टी बाँधेर आइतबारदेखि आन्दोलन थालेको थियो ।
बारले प्रधानन्यायाधीशलाई राजीनामा लागि पाँच दिनको अल्टिमेटम दिएको थियो ।