बैशाख ११, २०८१, मंगलबार
               

प्रदेश १ मा आज एकीकृत समाजवादीका राई मुख्यमन्त्री बन्दै

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रदेश १ मा आज नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राई मुख्यमन्त्री बन्ने भएका छन् ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सरकार गठनका लागि आज दिउँसो १ बजेसम्मको समय दिएका छन्।  

सोही बमोजिम विपक्षी गठबन्धनका तर्फबाट बहुमत सांसदको समर्थनसहित राईले हिजै प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

गठबन्धनमा नेपाली कांग्रेसका २१, नेकपा एकीकृत समाजवादीका १०, नेकपा (माओवादी केन्द्र) का १५, जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक गरी ५० सांसद रहेका छन् । 

मुख्यमन्त्री नियुक्त भए लगत्तै राईले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि