जेठ ०६, २०८१, आइतबार
               

एमाले महाधिवेशनमा पाँच लाख जनालाई सहभागी गराइने

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

चितवन । नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।’ उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदैछ ।

 


कस्तो लाग्यो ?

यो पनि