काठमाडौँ । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् ।
सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।
अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् ।
उनका अनुसार गजुरेल आफ्नै घरमा बेहोस भएर लडेपछि अस्पताल ल्याइएको र अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।