मंसिर ०७, २०८१, शुक्रबार
               

कानून व्यवसायीहरु आज पनि कालोपट्टि बाँधेर प्रदर्शनमा उत्रँदै

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । कानून व्यवसायीहरु आज पनि कालोपट्टि बाँधेर सर्वोच्च अदालत अगाडि प्रदर्शनमा उत्रने भएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलन सुरु गरेका कानून व्यवसायीहरूले आज पनि कालोपट्टि बाँधेर सर्वोच्च अदालतअगाडि प्रदर्शन गर्ने भएका हुन् ।

नेपाल बार एशोसिएसनको नेतृत्वमा आइतबारदेखि प्रधानन्यायाधीशविरुद्ध आन्दोलन सुरु भएको थियो । पाँच दिनभित्र राजीनामाको अल्टिमेटम दिएर सुरु भएको आन्दोलनमा आइतबारदेखि कात्तिक १७ गतेसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने कार्यक्रम तय गरेका छन् ।

यस्तै‚ मंगलबार सर्वोच्च अदालत प्रांगणमा विरोधसभा आयोजना गर्ने बारले जनाएको छ । प्रधानन्यायाधीश राणाले सरकारमा भागवण्डा खोजेको विषय बाहिरिएपछि बारले उनको राजीनामा माग गर्दै आन्दोलन सुरु गरेको थियो । प्रधानन्यायाधीश प्रकरणमा सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिस्कार गर्दै आएका छन् ।


कस्तो लाग्यो ?

यो पनि