जेठ ०५, २०८१, शनिबार
               

मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार पाउँदैनन् : प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस माओवादीमय नभएसम्म मधेसी जनताले अधिकार नपाउने बताएका छन् ।

सर्लाहीमा एकीकृत अखिल नेपाल शिक्षक संगठन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘जबसम्म मधेस माओवादीमय हुँदैन तबसम्म मधेसी जनताको वास्तविक अधिकार प्राप्त पनि हुनेछैन । विकास पनि हुनेछैन ।’

प्रचण्डले अब मधेसी जनता झुक्किने दिन गएको भन्दै कुनै शक्तिले माओवादीलाई मधेससँग जोड्न रोक्ने नसक्ने पनि बताए । मधेसका लागि दुईपटक संविधान संशोधन प्रस्ताव ल्याएको, नागरिक विधेयक ल्याएको, दलितलाई प्रदेश प्रमुख बनाएको, मधेसबाट राष्ट्रपति प्रस्ताव गरेको तर सबै प्रयास एमाले अध्यक्ष केपी ओलीले असफल बनाएको उनको आरोप थियो ।


कस्तो लाग्यो ?

यो पनि