जेठ ०५, २०८१, शनिबार
               

न्यायालयको समस्या समाधानबारे साझा धारणा बनाउँछौं: प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक १३, २०७८

ADVERTISEMENT

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्तारुढ गठबन्धनले अदालतमा देखिएका समस्याबारे छिट्टै धारणा सार्वजनिक गर्ने बताएका छन् ।

अध्यक्ष दाहालले गठबन्धन दलका नेताहरु कोही कता, कोही कता हुने स्थिति रहेकाले अदालतमा देखिएका समस्याबारे छलफल हुन केही दिन ढिलाई भएको पनि स्पष्ट पारे । शनिबार जनकपुरमा विमानस्थलमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले गठबन्धन दलको बैठक बस्ने बित्तिकै समस्या समाधान हुने गरी अदालतको बारेमा आफूहरुले दृष्टिकोण बाहिर ल्याउने समेत बताए ।

अध्यक्ष दाहालले गठबन्धन दलभित्र कुनै विवाद नरहेको दावी गरेका छन् । उनले भने, ‘गठबन्धन ठिक ढंगले अगाडि बढदैछ । तपाईँहरुले पनि देखि राख्नु भएको छ । अव सरकारले पूर्णता पाईसकेपछि कामहरुले पनि विस्तारै गति लिन थाल्दैछ । काठमाडौंमा अहिले नेताहरु कोहि कता, कोही कता भएको हुनाले हामीले बैठक बस्न १/२ दिन ढिला भएको छ । बैठक बस्ने वित्तिकै हामी आफ्नो धारणा बाहिर ल्याउँछौं । यसलाई समाधान गर्ने दृष्टिकोणले नै हामी हल गर्छौं । गठबन्धन स्मुथ्ली चलिराख्या छ । कुनै विवाद राजनीतिक वा अन्य विवाद आएको छैन ।’

अध्यक्ष दाहालले अर्ली इलेक्सन हुने कुनै पनि सम्भावना नरहेको बताए । हाम्रो संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको पछिल्लो फैसलाले पनि मुलुक अर्ली इलेक्सनमा जान मिल्ने अवस्थामा नरहेको उनको तर्क थियो । अध्यक्ष दाहालले भने, ‘अर्ली इलेक्सन हुँदैन । बडो क्लियर हुनुहोला । अर्ली इलेक्सन किन हुँदैन भने हाम्रो संवैधानिक व्यवस्थाले पनि त्यो परिकल्पना गरेको छैन । दोस्रो कुरा सर्वोच्च अदालतले गरेको फैसलाले पनि अर्ली ईलेक्सन हुँदैन । कोही कन्फ्युज हुनु पर्दैन ।’

अध्यक्ष दाहालले राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले मिलेर चुनाव लडने सैद्धान्तिक सहमती भईसकेको जानकारी दिए । उनले अध्यादेश ल्याएर भएपनि नागरिकता विधेयक अगाढि बढाउन आफूहरु तयार रहेको बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि