जेठ ०७, २०८१, सोमबार
               

आज एमालेको स्थायी कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपाल फ्ल्यास
कात्तिक ११, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ । बैठक अपराहन् ४ बजे बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा वडा र पालिका अधिवेशनको रिपोर्टिङ तथा समीक्षा हुने भएको छ । एमालेले बाढीपहिरो प्रभावित क्षेत्रबाहेकमा ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन गरिसकेको छ । 

बैठकले राष्ट्रिय महाधिवेशनको मापदण्ड र कार्यतालिका तय गर्न सचिव तामाङले जानकारी दिए । एमालेले १०औँ महाधिवेशन १० देखि १२ मंसिरमा चितवनमा आयोजना गर्दैछ ।


कस्तो लाग्यो ?

यो पनि