जेठ ०४, २०८१, शुक्रबार
               

खोटाङका १० पालिकामा आज एमालेको अधिवेशन हुँदै

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

खोटाङ । खोटाङका १० वटै स्थानीय तहमा एमालेको पालिका अधिवेशन हुँदैछ । आसन्न १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत मंगलबार (आज) जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा पालिका अधिवेशन हुन लागेको हो ।

पालिका अधिवेशनको तयारी पूरा भएको एमाले खोटाङका अध्यक्ष रामप्रसाद दंगालले बताए । एमालेको पालिका अधिवेशनबाट पदाधिकारीसहित ७५ सदस्यीय पालिका कमिटी गठन हुने व्यवस्था छ । पालिका अधिवेशनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ ।

पालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उप(सचिव र सदस्य चयन गरिने छन् । पालिका अधिवेशन सर्वसहमति ढंगबाट टुंग्याइने अध्यक्ष दंगालले बताए । 

पालिका अधिवेशनका लागि जिल्लाका ७९ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ७८ वडाको अधिवेशन सकिएको छ । हलेसी तुवाचुङ नगरपालिका(११ राजापानीको अधिबेसन भने प्रतिनिधि चयन गरेर स्थगित भएको छ ।

पालिका अधिवेशनपछि सो वडाको अधिवेशन टुंग्याइने एमालेले जनाएको छ । ७८ वडा अधिवेशनबाट २ हजार ४१८ वडा स्तरीय नेता तथा कार्यकर्ताले वडामा नयाँ जिम्मेवारी पाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि