जेठ ०४, २०८१, शुक्रबार
               

आज देशभर एमालेको पालिका अधिवेशन, ओलीद्वारा उद्घाटन

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले आज (मंगलबार) देशभर पालिका अधिवेशन आयोजना गर्दैछ ।

गत शनिबार वडा अधिवेशन सकाएको एमालेले आज ७५३ मध्ये बाढीपहिरो प्रभावितबाहेक सबै स्थानीय तहका अधिवेशन एकैपटक गर्न लागेको हो ।

पालिका अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार दिउँसो १ बजे थापाथलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्नेछन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बाढीपहिरोले प्रभावित बाहेक पालिका कमिटीको अधिवेशनमा हुन लागेको हो । 

गाउँपालिका तथा नगरपालिकामा बढीमा ७५  तथा उपमहानगरपालिकामा ८५ र महानगरमा १ सय १ सदस्यीय पार्टी कमिटी गठन हुनेछ ।

असोजमा भएको पहिलो विधान महाधिवेशनबाट पारित विधानअनुसार अधिवेशन भइरहेका हुन् । एमालेले आगामी मंसिर १० देखि १२ सम्म चितवनमा १०औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ । 


कस्तो लाग्यो ?

यो पनि