जेठ ०४, २०८१, शुक्रबार
               

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT


दाङमा शनिबार भएको नेकपा एमालेको १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् ।

जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छिन् ।  उनी बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य छिन् ।  

त्यस्तै दङ्गीशरण गाउँपालिका–१ को अध्यक्षमा ३६ वर्षीया दिलकुमारी पुन सर्वसम्मतरुपमा चयन भएकी छिन् । यस्तै घोराही उपमहानगरपालिका–१ को अध्यक्षमा टोपाकुमारी पौडेल सर्वसम्मत निर्वाचित भएकी छिन् ।  

त्यस्तै घोराही–४ मा लीला गोतामे अध्यक्ष भएकी छिन् । गोतामे निर्वाचित वडा सदस्य हुन् । गढवा गाउँपालिका– ४ मा सीता थापा वडाध्यक्ष भएकी छिन् । थापा रेडक्रसकर्मीसमेत हुन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनबाट दाङमा भने एक महिला वडाध्यक्षमा निर्वाचित भएकी थिइन् ।  


कस्तो लाग्यो ?

यो पनि