बैशाख १६, २०८१, आइतबार
               

लुम्बिनी प्रदेशसभा बैठक स्थगित

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो । 

सभामुख पूर्णबहादुर घर्तीले एमालेको लिखित अनुरोधका आधारमा बैठक स्थगित गरिएको बताए । अबको बैठक यही ११ कात्तिक बिहीबारका लागि तोकिएको छ । यसअघि पनि एमालेको विधान अधिवेशनका कारण असोजमा बैठक स्थगित भएको थियो । 


कस्तो लाग्यो ?

यो पनि