बैशाख ३१, २०८१, सोमबार
               

एमालेमा फर्किएका कसैलाई पनि ओलीले राम्रो गर्दैनन् : नेपाल

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

एमालेमा फर्किएका कसैलाई पनि अध्यक्ष केपी शर्मा ओलीले राम्रो नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बताएका छन् । सिन्धुपाल्चोकमा शनिबार  आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।

एमालेमा १० बुँदे कार्यान्वयन हुन्छ भनेर फर्किएकाहरूको हरिबिजोग भइरहेको नेपालको भनाइ छ । एमालेमा अध्यक्ष ओलीको आदेश पालना गरे मात्रै उनले राम्रो मान्ने नेपालले बताए । ‘ओलीको आदेश पालना गर्‍यो भने स्यबास, ऊ पार्टीमा बस्न पाउँछ,’ उनले भने, ‘आदेशको पालना गरेन भने ट्याउँ-ट्याउँ गर्न ओलीले छोड्दैनन् । एमालेमा १० बुँदे भन्ने साथीहरूको हरिबिजोग भइरहेको छ ।’

नेताहरूको कुनै सम्मान नगर्ने, कुनै छलफल नै नगर्ने ओली प्रवृत्तिका कारण आफूहरूले एमालेबाट विद्रोह गरेर नयाँ पार्टी दर्ता गर्नु परेको नेपालले दाबी गरे । 


कस्तो लाग्यो ?

यो पनि