जेठ ०५, २०८१, शनिबार
               

एमाले देशको एकमात्र ठूलो पार्टी हो : केपी ओली

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमात्र देशको नेता पार्टी रहेको बताएका छन् । जुम एप्समार्फत देशभरका ६ हजार सात सय ४३ वटा वडाका अधिवेशनलाई एकसाथ उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीलाई नीति व्यवहार र आचरणको रुपमा सबैलाई मार्गदर्शन गर्नु पर्ने बताए । उनले पार्टीका कामलाई नमूना कामका रुपमा मार्गदर्शन गराउनुपर्ने बताए ।

आफ्नै नेतृत्वमा संविधान कार्यान्वयनका क्रममा गएको बताउँदै उनले संविधान अनुसार नै सबै तहको निर्वाचन गरिएको र अब पार्टीलाई पनि संविधान अनुसार नै अघि बढाउने बताए । उनले शक्ति विन्यास, स्रोत बाँडफाँडका रुपमा पनि पार्टीलाई संविधान अनुसार नै हुने उनले स्पष्ट पारे ।

एमालेले ८ हजारभन्दा बढी कमिटीहरू गठन गरेको बताएका छन् । यी कमिटीलाई परिचालन गर्ने पार्टीले नै रहेको बताउँदै ओलीले त्यसका लागि आवधिक रुपमा अधिवेशन र सम्मेलन गरिने बताए । सात दशकको अवस्थामा पार्टीले धेरै उत्तार चढाव भोगेको भन्दै धेरैले बलिदान दिएर यो अवस्था आएको बताए । उनले एमालेलाई यो स्थानमा ल्याउन प्रेरणा दिने अग्रज प्रति आदर सद्भाव व्यक्त गर्दै सोही मार्ग दर्शनबाट अघि बढ्ने बताए ।

पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजना गरिएको भर्चुअल कार्यक्रममा ओलीले अधिवेशन उद्घाटन भएको घोषणा गर्दै सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्न आह्वान गरेका छन् । पार्टीका आधारभूत संगठन भनेकै वडा र शाखा संगठनको अधिवेशन भएको भन्दै उनले यति धेरैवटा वडा अधिवेशन उद्घाटन गर्नु सहज नभएको भन्दै पार्टीका नेता कार्यकर्तालाई धन्यवाद दिए ।

कार्यक्रममा सुरेन्द्र पाण्डे र प्रदीप ज्ञवालीलाई दायाँ बाँया राखेर उद्घाटन मन्तव्य दिइरहेका ओलीसँग विगतमा नजिकै बस्ने रामबहादुर थापा ‘बादल’ र उपाध्यक्ष भीम रावललगायतका नेता भने देखिएका छैनन् । सुरेन्द्र पाण्डेलगायतका नेता भने मञ्चमा उपस्थित थिए ।

 


कस्तो लाग्यो ?

यो पनि