जेठ ०५, २०८१, शनिबार
               

कोरोनाविरुद्ध लड्न नेपालसँग सहकार्य गर्न भारत दृढ छ : प्रधानमन्त्री मोदी

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीविरुद्ध लड्न नेपालसँग सहकार्यका लागि दृढ रहेको बताएका छन् ।

भारतले एक सय करोड नागरिकलाई खोप लगाएको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सञ्जालमार्फत दिएको बधाईको प्रतिउत्तरमा मोदीले महामारीविरुद्ध संयुक्त रूपमा लड्न नेपालसँग सहकार्य गर्न दृढ रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘कामना छ, हाम्रो चिरस्थायी सभ्यतागत सम्बन्ध बलियो हुँदै जानेछ ।’ 

प्रधानमन्त्री देउवाले शुक्रबार भारतीय समकक्षी मोदीलाई बधाई दिँदै खोप उपलब्धीले छिमेकी र मित्र राष्ट्रलाई पनि सुरक्षा सुनिश्चितता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका थिए । 

यो पनि