जेठ ०५, २०८१, शनिबार
               

जिपलाइनमा मज्जा आयो : प्रचण्ड

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धुलिखेल पुगेर जिपलाइन गरेका छन् । उनी पारिवारिक भ्रमणका क्रममा धुलिखेल पुगेर हुन् ।

उनी सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टबाट फर्कने क्रममा परिवारसँगै जिपलाइनको मज्जा लिन पुगेका हुन् ।

साहसिक गतिविधिमा आफूलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफूले जिपलाइनको निक्कै मज्जा लिएको बताए। पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ।

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दूरी ११ सय मिटर छ।


कस्तो लाग्यो ?

यो पनि