जेठ ०८, २०८१, मंगलबार
               

आज बागमती प्रदेशसभाको बैठक बस्दै, एमाले सहभागी नहुने

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभाको बैठक आज (बिहीबार) बस्ने भएको छ । डोरमणि पौडेलको राजीनामापछि मुख्यमन्त्रीको पद सम्हालेकी अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने विषयको लागि उक्त प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्न लागेको स्रोतले जनाएको छ ।

तर, बैठकमा सत्तारुढ दल नेकपा एमाले भने सहभागी नहुने बुझिएको छ । स्रोतका अनुसार पालिका अधिवेशनको तयारीमा रहेको भन्दै एमाले बैठकमा सहभागी हुन नसक्ने बताएपछि आज मत विभाजन हुने निश्चित छैन । एमालेले ११ गतेसम्मको लागि बैठक सार्न आग्रह गर्दै सभामुखलाई पत्र पनि पठाएको छ ।

गत भदौ २ गते मुख्यमन्त्री पद सम्हालेकी शाक्य केही दिनमै प्रदेशसभामा अल्पमतमा परेकी थिइन् । तत्कालीन एमालेका १३ सांसदहरूले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।

मुख्यमन्त्री शाक्य अल्पमतमा परेपछि उनले गत असोज २३ गतेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरिसकेकी छन् । उक्त प्रस्तावबारे आज छलफल र मत विभाजन हुने गरी बैठक बोलाइएको स्रोतले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि