बैशाख २१, २०८१, शुक्रबार
               

माओवादी स्थायी समिति बैठकमा पार्टी सुदृढीकरण विषयमा छलफल

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८

ADVERTISEMENT

नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । 

 पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । 

 “पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ”, उनले भने । बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उनले जानकारी दिए । 

पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उनले बताए । पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उनले प्रष्ट पारे । “बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो”, उनले भने ।


कस्तो लाग्यो ?

यो पनि