बैशाख ३०, २०८१, आइतबार
               

निर्वाचनसम्म गठबन्धन कायम रहनुपर्छ : नेता राई

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टीका नेता अशोक राईले सरकर निर्माण गर्दा बनेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहनुपर्ने बताए । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले संविधानको संरक्षण र देश विकासको कामलाई गति दिन गठबन्धन कायम रहनुपर्ने बताए ।

उनले भने, “संविधानका जन्मदाता र संरक्षकबीच सहकार्य भएर जानुपर्छ ।” अहिलेको सरकार पूर्ण कार्यकाल जाने भन्दै उहाँले संसद्को कार्यकाल पूरा गर्ने गरी सरकार रहने बताए । गठबन्धन सरकारले जनताको माग सम्बोधन गर्दा संयमता अपनाउनुपर्ने उनको भनाइ थियो ।

अहिलेको सरकार सङ्कटकालीन अवस्थामा निर्माण भएको भन्दै यस सरकारले धेरै चुनौती पार गर्नुपर्ने अवस्था रहेको राईले बताए । 


कस्तो लाग्यो ?

यो पनि