बैशाख २४, २०८१, सोमबार
               

आज प्रतिनिधिसभा बैठक बस्दै

नेपाल फ्ल्यास
असोज २५, २०७८

ADVERTISEMENT

प्रतिनिधिसभाको बैठक सोमबार बस्दै छ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘मधेसी आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । चालू अधिवेशन सुरु भएदेखिका सबै बैठकमा एमालेले अवरोध गर्दै आएको छ । जसकारण अहिलेसम्म संसद् राम्ररी सञ्चालन हुन सकेको छैन । एमालेले आजको बैठक पनि अवरोध गर्ने जनाएको छ ।

पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा सहयोगी भूमिका खेलेको आरोप लगाउँदै संसदमा विरोध जनाउँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि