जेठ ०१, २०८१, मंगलबार
               

जनताको कामलाई पहिलो प्राथमिकता : मन्त्री रिजाल

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले सेवाग्राहीलाई सहज र प्रभावकारी ढंगले सेवा प्रदान गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

गृह जिल्ला मोरङमा कर्मचारीलाई निर्देशन दिँदै उनले जनताको कामलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । उनले सेवाग्राहीलाई सजिलो र छिटो सेवा दिन कर्मचारीलाई भनेका हुन् । जिल्ला प्रशासन कार्यालय मोरङमा भएको कार्यक्रममा मन्त्री रिजालले कर्मचारी तलबाटै समाधान हुने विषयलाई स्थानीय तह तथा स्थानीय प्रशासनबाटै टुंगो लगाउनु पर्ने बताए ।

उनले नीतिगत एवं अन्य कारणले तलबाट सम्पादन हुन नसक्ने विषय केन्द्रमा लेखी पठाउन निर्देशन दिए ।

मोरङ २ बाट प्रत्यक्ष निर्वाचित रिजाल मन्त्री बनेको भोलिपल्टै शनिबार आफ्नो निर्वाचन क्षेत्रमा पर्ने रतुवामाई र सुनवर्षी नगरपालिकामा आयोजित कार्यक्रममा सरिक भएका थिए । उनी आज सुनसरीमा पार्टीको कार्यक्रममा पनि सहभागी भए ।


कस्तो लाग्यो ?

यो पनि