बैशाख ३१, २०८१, सोमबार
               

सर्वत्र आलोचना भएपछि उद्योगमन्त्री हमालले राजीनामा दिँदै

नेपाल फ्ल्यास
असोज २४, २०७८

ADVERTISEMENT

सामाजिक सञ्जालदेखि पार्टी कार्यकर्तासम्म आलोचना भएपछि नवनियुक्त  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिन लागेका छन्

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल प्रधानन्यायाधीशका चोलेन्द्र शमशेर राणाका जेठान पनि भएकाले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको आरोपमा आलोचना भइरहेकाे हाे । तर उनी बाँकेका पुराना नेता भएकाेले कांग्रेसकाे कोटाबाट मन्त्री बनाइएकाे गठबन्धनले दाबी गरिरहेकाे छ ।

२०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा हमाल बाँकेको जिल्ला अध्यक्ष थिए । २०४० सालमा स्थानीय त्रिभुवन चोकमा तत्कालिन राजा र रानीको फोटो च्यातेपछि उनको चर्चा चुलिएको थियो । २०३९ र २०४४ सालमा वडाध्यक्षमा निर्वाचित हमाल २०५३ सालमा कांग्रेस विभाजन हुँदा कांग्रेस प्रजातान्त्रिक बाँकेको सभापति बने । पहिलो संविधान सभा निर्वाचन २०६४ मा बाँके क्षेत्र नम्बर १ बाट उनी चुनाव लडेका थिए तर नेकपा माओबादीका नेता तिलक परियारसँग पराजित भए । त्यसयता उनी पार्टीको गतिविधीमा निष्क्रिय थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले झण्डै तीन महिनापछि गरेको मन्त्रिपरिषद् विस्तारमा उनले मन्त्री हुने मौका पाएका थिए। संविधानअनुसार राष्ट्रिय तथा प्रतिनिधिसभामा सदस्य नभएको व्यक्ति बढीमा ६ महिना मन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले शपथ लिएकाे एक हप्ताभित्रै राजीनामा दिने तयारी गरेकाे बताइएकाे छ ।  


कस्तो लाग्यो ?

यो पनि