बैशाख १७, २०८१, सोमबार
               

यस्तो बन्यो देउवा मन्त्रिपरिषद् (सूचिसहित)

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

लामो विवाद र आलोचनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

सरकार गठनको ८८ दिनसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा देउवाको आलोचना हुँदै आएको थियो । 

देउवाले आज आफ्नो पूरा टिम बनाएका छन् । त्यसमा गजेन्द्र हमाल गैरसांसद पनि परेका छन् । प्रधानन्यायाधीशको कोटामा भनी आलोचित हमालले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यस्ता छन् मन्त्रीहरू 

कांग्रेसबाट

बालकृष्ण खाँण, गृह

मिनेन्द्र रिजाल, रक्षा

नारायण खड्का, परराष्ट्र

ज्ञानेन्द्रबहादुर कार्की, सञ्चार, सूचना तथा प्रविधि

दिलेन्द्रप्रसाद बडू, कानुन न्याय तथा संसदीय मामिला

उमा रेग्मी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक

उमाकान्त चौधरी, खानेपानी

गजेन्द्र हमाल, उद्योग वाणिज्य तथा आपूर्ति

माओवादी केन्द्रबाट

जनार्दन शर्मा, अर्थ

देवेन्द्र पौडेल, शिक्षा विज्ञान तथा प्रविधि

पम्फा भुसाल, ऊर्जा मन्त्रालय

शशि श्रेष्ठ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण

महेश्वर गहतराज, युवा तथा खेलकुद मन्त्रालय

एकीकृत समाजवादीबाट

विरोध खतिवडा, स्वास्थ्य तथा जनसंख्या

रामकुमारी झाँक्री, सहरी विकास मन्त्रालय

प्रेम आले, संस्कृति पर्यटन तथा नागरिक उड्डयन

कृष्णकुमार श्रेष्ठ (किसान), श्रम रोजगार तथा सामाजिक सुरक्षा

भवानीप्रसाद खापुङ, स्वास्थ्य राज्यमन्त्री

जसपाबाट

राजेन्द्र श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन

रेणु यादव, भौतिक पूर्वाधार तथा यातायात

रामसहाय यादव, वन तथा वातावरण

महिन्द्र राय यादव, कृषि तथा पशुपन्छी विकास


कस्तो लाग्यो ?

यो पनि