बैशाख २८, २०८१, शुक्रबार
               

साइकल खरिदमा अनियमितता भएको छैन : मुख्यमन्त्री राउत

नेपाल फ्ल्यास
असोज २०, २०७८

ADVERTISEMENT

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ का लागि प्रदेश सरकारले खरिद गरेको साइकल सार्वजनिक खरिद ऐनअनुसार नियमसंगत रहेको दाबी गरेका छन्। 

प्रदेशसभाको बैठकमा विपक्षी दलका प्रदेशसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राउतले इ–बिडिङमार्फत खरिद गरिएको साइकलमा कुनै अनियमितता नरहेको दाबी गरेका हुन्। साइकल खरिदमा अनियमितता भएको भनि विभिन्न पक्षबाट उठाइएको प्रश्न कपोलकल्पित र पूर्वाग्रही मात्र रहेको उनले बताए।

दुई चरणमा खरिद गरिएको साइकलमध्ये पहिलो चरणमा ओम सत्य साई प्रालि पर्साले ५ हजार ७ सय, सान्यो इन्टरनेशनल जेभी काठमाडौंबाट ७ हजार ५ सय ७६, द डिजाइनर्स नेपाल जेभी भरतपुरबाट ६ हजार ८ सय ३१, म्याप इन्टरप्रिन्युर्स काठमाडौंबाट ६ हजार १ सय ५० र विकास जेनरल ट्रेडिङबाट ८ हजार ५ सय १ वटा साइकल कबोल गरेकोमा न्यूनतम बोलकबोल गर्ने ओम सत्य साई प्रालि पर्सालाई टेन्डर दिइएको उनले बताए।

त्यस्तै, दोस्रो चरणमा खरिद गरिएको टेन्डरमा ओम सत्य साई प्रालि पर्साले  ७ हजार ५ सय, सान्यो इन्टरनेशनल जेभी काठमाडौंले ७ हजार ४ सय ७५ कबोल गरेको तथा म्याप हेलिक्स जेभीको कबोलमा प्राविधिक त्रुटी देखिएकोले न्यूनतम कबोल गर्ने सान्यो इन्टरनेशनल जेभी काठमाडौंसँग सम्झौता गरि साइकल खरिद गरिएको मुख्यमन्त्री राउतले बताए। 

सार्वजनिक खरिद ऐनअनुरूप इ–बिडिङमार्फत किनिएको साइकलमा अनियमितता भएको भन्नु आफैंमा हास्यास्पद, कपोलकल्पित र पूर्वाग्रही रहेको उनको कथन थियो।


कस्तो लाग्यो ?

यो पनि