बैशाख १६, २०८१, आइतबार
               

संसद् बैठकमा आज पनि एमालेको विरोध, शुक्रबारसम्मका लागि स्थगित

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरू भएलगत्तै आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नारावाजी गरेको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको बैठकमा एमालेले चर्को नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले विपक्षी दललाई संसद चलाउने वातावरण बनाउन आग्रह गरेका थिए ।

तर, एमाले सांसदले सभामुखले भूमिका निष्पक्ष नभएको भन्दै नाराबाजी नरोकेपछि विरोधबीच कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६-०७७ पेस गरेका छन् ।

एमालेको विरोध कायमै रहेपछि सभामुखले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि