बैशाख ३१, २०८१, सोमबार
               

डडेल्धुरामा कांग्रेस कार्यकर्ताबीच झडप

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

डडेल्धुरामा नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस केन्द्रीय नेता अर्जुनरसिंह केसी, डा शेखर कोइराला र गुरुराज घिमिरे सहभागी रहेको कार्यक्रममा कार्यकर्ताबीच झडप भएको हो ।

कांग्रेस डडेल्धुरामा एकलौटी गरिएको वडा अधिवेशन स्थगित गरिनुपर्ने माग राख्दै सभापति कर्ण मल्ल समूहद्वारा विगत ११ दिनदेखि अनशन थालिएको थियो । अनशनमा ऐक्यबद्धता जनाउन केन्द्रीय सदस्यत्रय केसी, कोइराला र घिमिरे आइतबार डडेल्धुरा पुगेका थिए । 

सोमबार आयोजित कार्यक्रमलाई संस्थापन (देउवा) पक्षले बिथोल्न खोज्दा झडप भएको बुझिएको छ । कार्यक्रममा देउवा पक्षले कालोझण्डा देखाउन खोज्दा कर्ण मल्ल पक्षले प्रतिकार गर्दा झडप भएको प्रहरीले जनाएको छ । झडपमा परी आधा दर्जन बढी कांग्रेसका कार्यकर्ता घाइते भएका छन् ।

प्रहरीले दुवै पक्षलाई तितरवितर पारेपछि अवस्था सामान्य रहेको डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । उनकाअनुसार अनशन स्थलमा कार्यक्रम सकेर नेताहरु डडेल्धुराकै होटलमा बसेका छन् ।

यसैबीच डडेल्धुरामा वडा अधिवेशन पुनःगरिनु पर्ने र क्रियाशील सदस्यता वितरणमा छानविन हुनुपर्ने माग राख्दै विगत ११ दिनदेखि अनसनमा बसेका कांग्रेस नेताहरुले आइतबारदेखि अनसन स्थगित गरेका छन् ।

केन्द्रबाट आएका डा. शशांक कोइरालालगायतका नेताले डडेल्धुराको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि अनशन स्थगित गरिएको कांग्रेस डडेल्धुराका उप सभापति करुणकर भट्टले बताए ।


कस्तो लाग्यो ?

यो पनि