बैशाख ३१, २०८१, सोमबार
               

एमालेले तोक्यो अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीबाहेक मातहतका अन्य कमिटीमा रहने सदस्यहरूको मापदण्ड तोकेको छ । पार्टी कमिटीहरु ठूला र भद्दा भएकाले संगठन व्यवस्थापनमा समस्या हुने भएकाले विधान महाधिवेशनबाट सदस्यको मापदण्ड तोकिएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।

पौडेलले विधान महाधिवेशनको अन्तिम दिन परिमार्जित प्रस्ताव पेश गर्दै सबै कमिटीको आधार संख्या ५० हुने बताए । ‘प्रदेश कमिटीमा ५० सदस्य आधार रहने र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका आधारमा एक क्षेत्र बराबर ५ जनाको दरले थपिन्छ’, पौडेलले जानकारी दिए । उदाहरणका लागि उनले कर्णाली प्रदेशमा आधार संख्या ५० हुने र १२ निर्वाचन क्षेत्रबाट पाँच–पाँच जनालाई थपेर ११० जनाको कमिटी बन्नेछ ।

जिल्ला कमिटीमा पनि आधार संख्या ५० राखेर प्रदेशसभा निर्वाचन क्षेत्रबाट १५ जनाको दरले थपिने छन् । यो हिसाबले एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अब एमालेको जिल्ला कमिटी ८० सदस्यीय हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि