जेठ ०६, २०८१, आइतबार
               

अब एमालेको सचिवालय १५ सदस्यीय

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

एमालेको केन्द्रीय सचिवालय अब १५ सदस्यीय हुने भएको छ । तीन दिनदेखि जारी प्रथम विधान महाधिवेशनमा समूहगत नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले अब एमालेको पदाधिकारी १५ जना रहने जानकारी दिएका हुन् । 

१५ जनाभन्दा बढी पदाधिकारी रहने केन्द्रीय सचिावलय बनाउन नहुने बताउँदै उनले महाधिवेशनमा उठाइएका विषयलाई आत्मसाथ गर्दै पदाधिकारी १५ सदस्यीय बनाएको बताए । 

उनका अनुसार अध्यक्ष एकजना, वरिष्ठसहित पाँचजना उपाध्यक्ष, महासचिव एकजना, उपमहासचिव एकजना र सचिव सातजना गरी १५ सदस्यीय केन्द्रीय सचिवालय रहनेछ ।   


कस्तो लाग्यो ?

यो पनि