जेठ ०६, २०८१, आइतबार
               

युवा संगठनको कञ्चनपुर जिल्ला समिति गठन

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

कञ्चनपुर । युवा संगठन नेपाल कञ्चनपुरको प्रथम सम्मेलनबाट अध्यक्षमा वीरेन्द्र जोशी र उपाध्यक्ष मा दीपेन्द्र ऐरी निर्वाचित भएका छन् ।

शनिबार गरिएको जिल्ला सम्मेलनबाट अमिर कुवर, सचिव नरेश विष्ट,सह सचिव हिक्मत चौधरी,कोषाध्यक्ष कल्पना जोशी गरी ६३जना जिल्ला समितिमा नवनिर्वाचित भएका हुन् ।

सम्मेलनमा पार्टी केन्द्रीय सदस्य ओम प्रकाश पुन र अतिथिमा पार्टी केन्द्रीय सदस्य महान्, पार्टी केन्द्रीय सदस्य अग्नि धामी, युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा सेती महाकाली ब्युरो संयोजक श्याम भट्ट ,संगठन का केन्द्रीय सदस्य भुवन कुँवर, संगठनका सेती महाकाली ब्युरो सचिव मनमोहन जोशी, कृष्णपुर नगरपालिका इन्चार्ज डम्बर विष्ट, शिक्षक संगठनका अध्यक्ष ओमप्रकाश जोशी, बुद्धिजीवी संगठनका जिल्ला अध्यक्ष भैरव भट्ट लगायत विभिन्न जनवर्गीय संगठन का प्रमुखहरूले सम्बोधन गरेका थिए ।

संगठनले समाजमा व्याप्त विकृति विसंगती र बेरोजगार युवाका लागि डटेर संघर्ष गर्ने संगठनका सेती महाकाली ब्युरो सचिव मनमोहन जोशीले जानकारी दिए । जोशीले भने- 'देशको विकृत राजनीतिक संस्कारलाई हटाउन सम्पूर्ण युवा शक्तिहरू एक ठाउँमा ल्याएर युवाको क्रान्तिकारी संगठन युवा संगठन नेपालमा गोलबद्ध गराउने कार्यमा हामी सक्रिय र तीव्र गतिमा अघि बढ्ने छौँ । हाम्रो संगठनले सधैँ वैदेशिक हस्तक्षेपको विरोध गर्नेछ ।'

उनले कञ्चनपुरको भीमदत्त नगरपालिकाको नगर विकास समितिको अवैध जग्गा अतिक्रमण फिर्ता गराउन संगठनले जोरदार माग र संघर्ष गर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि