जेठ ०६, २०८१, आइतबार
               

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सकियो

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

नेकपा एमालेको विधान महाधिवेशनअन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । विधान महाधिवेशन ललितपुरको गोदावरीमा हिजो सुरु भएको थियो ।  

उनकाअनुसार छलफलमा आएका सुझावहरूलाई केही बेरमा टोली नेताले प्रस्तुत गर्नेछन् । 'सुझावहरूलाई अहिले २ बजेदेखि नेताहरूले प्रस्तुत गर्ने छन्,' उनले भने ।  

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि