बैशाख २९, २०८१, शनिबार
               

आफ्नै पार्टी कार्यालय बनाउन एमालेले सहयोग उठाउने

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेकपा एमालेले पार्टीको मुख्यालय बनाउनका लागि देशभरका नेता, कार्यकर्ताबाट सहयोग जुटाउने भएको छ ।

प्रथम विधान महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदनमा भूकम्पको समयमा भत्किएको पार्टी कार्यालय अहिलेसम्म निर्माण नभएकाले पार्टीले छिटो भवन निर्माण गर्नुपर्ने उल्लेख गरेका छन् । 

पार्टी कार्यालय भवन निर्माण गर्नका लागि देशभरका कार्यकर्ताको सहयोग जुटाउने नीति अवलम्बन गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

‘भाडाको घरबाट पार्टी कार्यालय चलाउनुपर्दा पार्टी कामको आवश्यकताअनुरूप ठाउँ उपलब्ध हुने अवस्था छैन’, प्रतिवेदनमा भनिएको छ, ‘देशका अधिकांश जिल्लाहरूमा पार्टी कार्यालय निर्माण गर्न सफल भएको पार्टीको केन्द्रीय कार्यालय भाडाको घरबाट लामो समयसम्म संचालन गर्नु राम्रो होइन । अब पार्टीले छिटोभन्दा छिटो आफ्नो कार्यालय भवन निर्माण गर्नुपर्छ ।’

आफ्नो कार्यालयको निर्माणका लागि कार्यकर्तामा उत्साह जागृत गर्नका लागि सहयोग जुटाउने नीति अवलम्बन गर्नु आवश्यक रहेको प्रतिवेदनमा बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि