बैशाख २१, २०८१, शुक्रबार
               

प्रचण्ड नयाँ जनयुद्धको खोजीमा !

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू नयाँ जनयुद्धको खोजीमा रहेको बताएका छन् । 

पछिल्लो दिनमा कहिले आत्महत्यासम्मको कुरा गरेर विवादमा तानिएका प्रचण्डले प्रतिक्रियावादीले माओवादी आन्दोलन र उपलब्धिलाई घेरा हाल्ने र सखाप पार्न खोजेको भन्दै त्यसको प्रतिरोध गर्न नयाँ जनयुद्धको खोजीमा रहेको बताए ।  

शुक्रबार कमलादीस्थित प्रज्ञा भवनमा सपनाको पाण्डुलिपि गीतिसंग्रह विमोचन कार्यक्रममा अध्यक्ष दाहालले भने, 'पोहोर सालदेखि माओवादीलाई घेरा हाल्ने र परिवर्तनलाई तोड्न खोजेका छन् । फेरि नयाँ जनयुद्ध गर्नुपर्छ । म हाम फालेको छु । हतियार र हिंसाबाहेकको नयाँ जनयुद्धको खोजीमा छु ।'

प्रतिक्रियावादीले यसरी घेरा हाल्ने र सखाप पार्न खोज्ने हो भने लाखौँ जनता सडकमा ल्याएर लड्नुपर्ने उनको भनाइ छ । 'सबैले आ-आफ्नो समीक्षा गरौँ । समाजवादी आन्दोलनमा इमानदार भएर लाग्ने हो भने यो देशको मुख्य शक्ति, निर्णायक बनेर हिँड्न सक्छौँ । त्यसका लागि हामी सुध्रिन पर्छ,' उनले भने । 

यो पनि