बैशाख २९, २०८१, शनिबार
               

प्रभु साहद्वारा एमाले विधान महाधिवेशन बहिस्कार

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । एमाले नेता प्रभु साहले पार्टीको प्रथम विधान महाधिवेशनलाई बहिस्कार गरेका छन् । गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा जारी  प्रथम विधान महाधिवेशन साहले बहिस्कार गरेका हुन् । 

माओवादी परित्याग गरेर एमालेमा रहेका साहले आफूहरूको माग सम्बोधन नगरेको भन्दै बहिस्कार गरेको जानकारी दिए । ‘हामीहरूको एजेण्डाका विषयमा हिजो पनि वार्ता भयो । तर, सहमति भएन’, उनले भने, महाधिवेशनमा गएको छुइन ।’ 

पूर्वमाओवादीका अन्य नेतारूले पनि बहिस्कार गर्ने तयारीमा रहेको भए पनि गलत सन्देश जाने भनेर उनी मात्र नगएका हुन् । ‘माओवादीबाट आएका साथीहरू नजाने तयारीमा थियौँ तर, गलत सन्देश जाने भएपछि अरु साथीहरू जानुभयो ।’ शाहले भने ।


कस्तो लाग्यो ?

यो पनि