बैशाख ३०, २०८१, आइतबार
               

कार्यकर्ताहरुको स्कर्टिङमा तामझामका साथ अधिवेशनस्थल पुगे ओली

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं  । एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रमस्थल पुगेका छन् । अध्यक्ष ओलीलाई सातदोबाटोबाट कार्यकर्ताहरुले स्कर्टिङ गर्दै गोदावरी पुर्‍याएका हुन्। विधान महाधिवेशनमा ६ हजार बढी नेता-कार्यकर्ताहरु सहभागी हुने एमालेले जनाएको छ ।

सभाहल बाहिर बस्ने अस्थायी आश्रयस्थल स्वागद्वार निर्माण गरिएको छ भने महाधिवेशनको प्रवेशद्वार सातदोबाटो सडकदेखि नै झण्डा राखिएका छन् । प्रवेशमार्गमा रहेको ठैव, बाँडेगाँउ, टौखेललगायतका ठाउँमा स्वागतद्वार निर्माण गरिएको छ ।

विधान महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारी एवं सदस्य, केन्द्रीय निकायका पदाधिकारी एवं सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीबाट चुनिएका सबै प्रतिनिधि, पार्टी सदस्य रहेका संघ र प्रदेशका सांसद, पार्टीको तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेशागत संगठनबाट चुनिएका प्रतिनिधि, प्रवासका संघ संगठनहरुबाट चुनिएका प्रतिनिधि र पार्टी केन्द्रबाट विधान बमोजिम मनोनित सदस्यहरु प्रतिनिधिका रुपमा रहने बताइएको छ ।

पार्टीको नीति, विचार र संरचनाबारे टुंगो लगाउन एमालेको विधान महाधिवेशन हुन लागेको हो। पार्टीको विचार, सिद्धान्त, संरचना, कार्यनीति एवं रणनीतिबारे देशभरका प्रतिनिधिले दुई दिनसम्म छलफल गरी निचोड निकाल्ने छन्।


कस्तो लाग्यो ?

यो पनि