बैशाख २८, २०८१, शुक्रबार
               

आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुँदै

नेपाल फ्ल्यास
असोज १५, २०७८

ADVERTISEMENT

काठमाडौं । आजदेखि एमालेको विधान महाधिवेशन सुरु हुने भएको छ ।

ललितपुरस्थित गोदावरीमा सुरु हुने उक्त महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले अपरान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ ।  

महाधिवेशनका लागि सबै तयारी पूरा भइसकेको जनाएको एमाले स्रोतले जनाएको छ ।

तीन दिनसम्म चल्ने सो महाधिवेशनको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन् । 

विधान महाधिबेशनका लागि ललितपुरको गोदावरीमा नवनिर्मित सनराइज सम्मेलन केन्द्रमा गरिने छ । केन्द्रलाई एमालेले महाधिवेशन स्थलका रुपमा रोजेको छ । अध्यक्ष ओलीले आफू प्रधानमन्त्री रहेकै बेला गत बैशाखमा उद्घाटन गरेका थिए। 

३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन् । जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन् । बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ । 

सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको बताइएको छ । जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि